आईपीएल त्रिकेटमा आज राजस्थान र दिल्ली भिड्दै
नेपालखोज
२०७८ वैशाख २ गते ९:५८

भारत । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुदैछ ।मुम्बईमा हुने राजस्थान र दिल्लीबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
वान्ग्खडे स्टेडियममा आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।राजस्थान पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । दिल्ली भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ७ विकेटले हराएको थियो ।
दुई टिमबीचको पहिल्लो प्रतिस्पर्धामा दिल्ली बलियो देखिएको छ ।पछिल्लो पाँच खेलमा दिल्लीले पाँचै खेल जितेको छ । अघिल्लो संस्करणको दुई भेटमा दुबै खेल दिल्लीले जितेको थियो ।
सम्बन्धित
प्रतिक्रिया