भारतको चुनावका लागि पूर्वी नाका ७२ घण्टा सिल

नेपालखोज २०७८ वैशाख २ गते ११:३५

झापा । भारतको निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका बिहीबार बिहान ६ बजेदेखि सिल गरिएको हो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको जानकारी दिए। सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको उनले बताए।

कोभिड १९ को संक्रमण तिब्र गतिमा वढिरहेका बेला देशभरका अन्य नाकामा पनि सरकारले कडाइ गरेको छ। भारतमा यतिबेला दैनिक संक्रमणको संख्या २ लाख नजिक वढ्ने गरेको छ।

प्रतिक्रिया