शुक्रबार, वैशाख ७, २०८१

सुनचाँदीको भाउमा सामान्य वृद्धि

नेपालखोज २०७८ वैशाख २ गते १३:०२

काठमाण्डाैं । सुनचाँदीको भाउमा बुधबार सामान्य वृद्धि भएकाे छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुनकाे भाउ तोलाको ८९ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

त्यसैगरी आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेकाे छ । तोलाको १२ सय ९० रुपैयाँमा पुगेको छ । विवाहको लगन बढेसँगै बजारमा सुनको माग बढ्न थालेको छ । सङ्घका अनुसार अहिले दैनिक ४० देखि ४५ किलो सुनको माग आउने गरेको छ ।

प्रतिक्रिया