शुक्रबार, वैशाख ७, २०८१

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन शुरु हुँदै, मुख्यमन्त्रीले आजै विश्वासको मत लिने

नेपालखोज २०७८ वैशाख ३ गते ८:२१


काठमाडौं । कर्णाली प्रदेशसभाको सातौँ (हिउँदे) अधिवेशन आजबाट शुरु हुँदैछ ।

हिउँदे अधिवेशनको पहिलो दिन आजै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन् ।

यसअघि उनले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को ९२० बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरिसकेका छन् ।

त्यहाँ नेकपा एमालेले नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनुपरेको हो ।

एमाले संसदीय दलको बैठकले यही चैत ५ गतेदेखि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सो समयसीमा सकिने अन्तिम दिन आज उनले विश्वासको मत लिदैछन्।

विश्वासको मत पाउन नसके शाहीको मुख्यमन्त्री पद गुम्नेछ ।

प्रतिक्रिया