शुक्रबार, पुष ४, २०८२

गहुँको रखवारी गरिरहेका किसानको हात्तीले कुल्चेर मृत्यु

नेपालखोज २०७८ वैशाख ३ गते १०:५३

सप्तरी । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकाका एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट बाहिर निस्केको हात्तीको समूहले आक्रमण गर्दा कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको हो ।

घटनास्थल लगत्तै आरक्षका रेन्जर जयराम न्यौपाने, इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको वार्डेन अशोक रामले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।

कोशी नदी पश्चिम किनार गोलघर नजिक खेतमा काटेर राखिएको गहुँको रखवारी गर्न गएका प्रमाणीको हात्तीले कुल्चेर मृत्यु भएको स्थानीयवासीले बताए । मृतकका एक श्रीमती, छोरा र छोरी छन् ।

प्रतिक्रिया