शुक्रबार, चैत १६, २०८०

आईपीएलमा राजस्थान रोयल्सकाे पहिलो जित

नेपालखोज २०७८ वैशाख ३ गते ११:१९

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले पहिलो जित हात पारेकाे । बिहीबार राति मुम्बईस्थित वान्ग्खडे स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएर राजस्थानले पहिलो जित निकालेको हो ।

दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा डेभिड मिलरले ६२, क्रिस मोरिसले ३६, जयदेव उनाकडले ११ र राहुल टेवाटिया १९ रन बनाए । दिल्लीका अभेस खानले ३ तथा क्रिस वोक्स र कागिसो राबडाले २÷२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान ऋषव पन्तले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै टम कुरानले २१, ललित यादवले २० जोड्दा क्रिस वोक्सले अविजित १५ रन बनाए । राजस्थानका जयदेव उनाक्डले ३ तथा मुस्ताफिजुर रहमानले २ विकेट लिए । जितसँगै राजस्थानले २ खेलमा २ अंक जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया