कतार पनि काेराेनाकाे उच्च जाेखिममा

दोहा । कतार पनि काेराेनाकाे उच्च जाेखिममा परेकाे समाचार बाहिरिएकाे छ । कतारमा पनि कोरोना संक्रमणबाट एकै दिन ९ जनाको मृत्यु भएको छ । काेराेनाकाे कारण नाै जना नागरिकको मृत्यु भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा हालसम्म नयाँ कोरोना संक्रमणबाट ३५७ जनाकाे मृत्यु भएकाे हाे । कतारमा रोजगारीको लागि नेपाली श्रमिकहरु पनि धेरै मात्रामा छन् । संक्रमणकाे जाेखिम ज्यादा भएकाे कारण कतारका नेपालीहरुले हाेसियारी अपनाउनुपर्ने देखिन्छ ।
यहाँ पछिल्लो २४ घण्टा ९८९ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ भने ५९७ जनालाई निको भएको मन्त्रालयले जनाएको छ । कतारमा कोरोना संक्रमितको संख्या १ लाख ९३ हजार ९५२ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ७१ हजार ९८५ रहेको मन्त्रालयले जनाएको छ।
कतारमा अहिले २१ हजार ६१० वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये ४८९ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।
यो समाचार तयार पार्दासम्म ११ लाख ८३ हजार २९१ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट कतारमा २१ नेपाली श्रमिकले ज्यान गुमाईसकेका छन् ।
प्रतिक्रिया