शुक्रबार, वैशाख ७, २०८१

चलचित्र कलाकार संघले भन्यो ‘कोरोनाको नयाँ भेरियन्टबाट बचौँ’

नेपालखोज २०७८ वैशाख ३ गते १२:१७

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले कोरोना भाइरसको नयाँ भेरियन्ट डरलाग्दो अवस्थामा फैलिरहेको भन्दै सचेत बन्न आग्रह गरेको छ ।

संघका अध्यक्ष रवीन्द्र खड्काले विज्ञप्ति जारी गर्दै सम्पूर्ण चलचित्रकर्मी लगायत सबै नेपालीलाई बेलैमा सचेत एवं अनुशासित भएर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेका हुन् ।

नेपालमा अहिलेको कोभिड १९ को संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको छ । यसले मानव जीवनमा ठूलो असर पुर्याउने संकेत देखिएको भन्दै संघले सबैलाई सचेत हुन आग्रह गरेको हो ।

‘नेपाल सरकारका सूचनाहरुलाई मध्यनजर गर्दै तिनलाई पालना समेत गर्न नबिर्सौं । सरकारले आफूले चाहेर कर्फ्यु र लकडाउन अवश्य गर्दैन तसर्थ त्यो अवस्था आउन नदिन हामी सवै चनाखो हौं ।’ विज्ञप्तिमा भनिएको छ ‘सेनिटाइजर, मास्क, भौतिक दूरी नछोडौ, भिडभाड, पार्टी, जूलुस, भेला, मेलाआदिलाई केही समय त्यागौं । आफू र समाजलाई संक्रमणबाट सुरक्षित राखौं ।’

प्रतिक्रिया