मंगलबार, वैशाख ११, २०८१

विराटनगरमा ऋचा स्मृति क्रिकेट प्रतियोगिता हुने

नेपालखोज २०७८ वैशाख ३ गते १३:०८

विराटनगर । ऋचा स्मृति टि-ट्वान्टी क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । पुर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा बैशाख १५ देखि २२ गतेसम्म मोरङमा हुने भएको हो ।

मोरङको विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा आयोजना हुने ऋचा स्मृति टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजकले जनाएका छन ।ऋचा स्मृति प्रतियोगिताका विजेताले नगत एक लाख, प्राप्त गर्दा उप–विजेता टोलीले ५० हजार रुपैयाँ पाउनेछन ।

नेपाल क्रिकेट संघ (क्यान) का पुर्व उपाध्यक्ष नरेश श्रेष्ठ तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी युनिस श्रेष्ठ र नेपाल पुलिस क्रिकेट टिमका कप्तान मन्जित श्रेष्ठका बहिनी तथा भिक्टोरियन नेप्लिस क्रिकेट संघ अष्ट्रेलियाका अध्यक्ष विवेक श्रेष्ठकी पत्नी रिचा श्रेष्ठको स्मृतिमा क्रिकेट प्रतियोगिता हुन लागिएको हो ।

ऋचाको दुई बर्ष अगाडी अष्ट्रेलियामा निधन भएको थियोे । ऋचा स्मृति टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो सिजन अष्ट्रेलियामा भएको थियो ।

प्रतिक्रिया