शुक्रबार, वैशाख १४, २०८१

जापानमा लन्च भयो नयाँ स्मार्टफोन

नेपालखोज २०७८ मंसिर ४ गते १८:०९

काठमाडौं । अहिले संसारका कैंयन ठुला कम्पनीहरु आफ्नो परम्परागत क्षेत्रबाट हटेर अरु नयाँ क्षेत्रमा हात हालि रहेका छन्। अहिले अमेरिकामा एप्पलले इलेक्ट्रिक वाहन तथा ड्रोन बनाउने प्रयास गरिरहेको छ ।

यता जापानमा होम एप्लाइन्सेज कम्पनी बालमुडाले आफ्नो पहिलो स्मार्टफोन बालमुडा फोनको अनावरण गरेको छ । बालमुडा टेक्नोलोजीले जापानको राजधानी टोकियोमा एक कार्यक्रम आयोजित गर्दै एउटा प्रीमियम र हाई-एन्ड स्मार्टफोन लन्च गरेको छ, जसको नाम बलमुडा फोन राखिएको छ ।

यो फोनको डिजाइन परम्परागत फोनको तुलनामा केही अलग छ । यसको पछाडीको भाग केही उठेको छ, भने बेजल शानदार देखिन्छ। यसको ४.९ इंन्चको डिस्प्लेले ४.७ इंन्चको आइफोन एसई बराबरको सबैभन्दा क्रिस्प रिज‍ोल्युशन प्रदान गर्छ । यो फोन १३.७ एमएम मोटो छ, भने यसको लम्बाई पनि कम छ ।

बलमुडा फोनक‍ो अन्तर्राष्ट्रिय बजार मूल्य ९०० अमेरिकी डलर तोकिएको छ । जापानी बजारमा यो फोनलाई मिड-रेन्जको फोन मानिएको छ। यो फोन क्वाडकमको स्नेपड्रागन ७६५ चिपसेटद्वारा संचालित हुन्छ, भने यसमा ६ जिबि र्याम तथा १२८ जिबि इन्टरनल स्टोरेज दिइएको छ ।

यो फोनको पछाडि ४८ मेघापिक्सलको प्राइमरी क्यामेरा तथा फिङरप्रिन्ट स्क्यानर छ । यसको फ्रन्ट फेसिङ क्यामेरा ८ मेघापिक्सलको छ, जसलाई फ्रन्टमा पन्च होल कटआउटभित्र राखिएको छ । यसमा ३५०० एमएएचको ब्याटरी प्रयोग भएको छ, जसले निकै कम बिजुली खपत गर्छ । यो स्मार्टफोनमा वायरलेस चार्जिंङ सपोर्ट पनि दिईएको छ ।

प्रतिक्रिया