बिहीबार, वैशाख १३, २०८१

रुरुको आईपीओ नतिजा ३ बजेपछि मात्र हेर्न पाइने

नेपालखोज २०७८ वैशाख ३ गते १३:२५

काठमाडौं । रुरु जलविद्युत परियोजनाको आईपीओ नतिजा दिउँसो ३ बजेपछि मात्र हेर्न सकिने भएको छ । शुक्रबार बिहान साढे ८ बजे बाँडफाँड भएको कम्पनीको आईपीओ नतिजा ३ बजेपछि हेर्न सकिने बाँडफाँडका क्रममा जानकारी दिइएको हो ।

कम्पनीको सेयर ३७ हजार ९१६ जनाले मात्रै पाएकाले आईपीओ नतिजा छिटै हेर्न सकिने भए पनि मेरो सेयरमा पर्नसक्ने चापका कारण ईआइएस गर्न समस्या हुने हुँदा ३ बजेपछि मात्र नतिजा हेर्न सकिने भएकाे हाे ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सीडीएस एन्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोड भएपछि हेर्न सकिने भएको हो ।

प्रतिक्रिया