कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने तालिका फेरियो
नेपालखोज
२०७८ वैशाख ३ गते १३:५६

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको दोस्रो डोज लगाउने तालिका फेरिएको छ । अब कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएकाहरुले यही ७ देखि ११ गतेसम्म दोस्रो डोज खोप लगाउन पाउने भएका छन्।
स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंमा १९ वटा खोप केन्द्र तोकेको छ। यसअघि पहिलो जुन खोप केन्द्रमा खोप लगाउन भनिएको थियो। तर, काठमाडौं कार्यालयले अघिल्लो सूचना संसोधन गर्दै पायक पर्ने स्थानमा खोप लगाउन सकिने व्यवस्था मिलाएको हो।
स्वास्थ्य कार्यालयले अघिल्लो डोज खोप लगाएको दिनको आधारमा दोस्रो डोज खोप लगाउने दिनमा पनि संसोधन गरेको छ। प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार गत माघ १४ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरुले खोप केन्द्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सक्नेछन्।

सम्बन्धित

प्रतिक्रिया