काठमाडौं प्लाजा सिल

नेपालखोज २०७८ वैशाख ३ गते १६:२६

काठमाडौं । नेपाल ट्रष्टले काठमाडौं प्लाजा सिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमासम्म पनि खाली नभएपछि ट्रष्टले बिहीबार प्लाजा सिल गरेको हो ।

सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजाभित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् । प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिवद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ । सो भवन नेपाल ट्रष्टले काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया