काठमाडौंमा भारी वर्षासहित असिनापानी (भिडियोसहित)
नेपालखोज
२०७८ वैशाख ३ गते १६:४२

काठमाडौं । काठमाडौं उपत्यकामा असिनापानी परेको छ । लामो समयदेखि वर्षा हुन नसक्दा भइरहेको वायु प्रदूषणलाई आजको वर्षाले फाइदा पुर्याएको छ ।
देशभरका जङ्गलमा लागि रहेको डढेलो र लामो समयदेखिको खडेरीका कारण नेपालमा वायु प्रदूषणको मात्रा अत्याधिक अस्वस्थकर रहेको थियो । शुक्रबार काठमाडौं उपत्यकामा वर्षाका कारण दिउँसै अँधेरो देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित असिना-पानी परेको हो।
हेर्नुहाेस भिडियो:
सम्बन्धित

प्रतिक्रिया