बिहीबार, वैशाख ६, २०८१

त्रिकोणात्मक सिरिज आजबाट : उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै

नेपालखोज २०७८ वैशाख ४ गते ६:५६

काठमाडौं । नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मलित त्रिकोणात्मक टी–ट्वान्टी सिरिज आजबाट सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजको उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने छन् । आयोजक नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।

सिरिजको उद्घाटन खेलमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । तर, नेपाली टिममा पूर्व कप्तान पारस खड्का हुने छैनन । चोटका कारण पारस सिरिज बाहिर रहेका छन् ।

नेदरल्याड्स पिटर सीलारको कप्तानीमा मैदान उत्रने । बलियो टिम नेदरल्यान्ड्स नेपाललाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । नेपालले सिरिजको दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।

त्यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

प्रतिक्रिया