बुधबार, वैशाख १२, २०८१

४५ पहिरोपीडितको घर बनाउन नगरपालिकाले आर्थिक सहयोग गर्ने

नेपालखोज २०७८ वैशाख ४ गते ७:५९

बागलुङ । जिल्लाको बागलुङ नगरपालिकाले पहिरोपीडितको घर बनाइदिने गरी आवश्यक पहल थालेको छ ।

गत वर्षात्मा बाढी, पहिरोले घरमा पूर्णरुपले क्षति पु¥याएका नगरपालिकाका ४५ घर परिवारलाई नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरभित्रका ४५ पहिरोपीडित परिवारलाई रु एक लाख ५० हजारका दरले घर बनाउन अनुदान रकम दिने निर्णय गरेको हो ।

जनताको नजिकको सरकारले पहिरोबाट विस्थापित भएकालाई घर बनाउन सहयोग पुर्याउने उद्देश्यले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर आर्थिक अनुदान उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

त्यसका लागी नगरपालिकाको तर्फबाट दुई किस्ता गरेर रु एक लाख ५० हजार उपलब्ध गराइनेछ ।

प्रतिक्रिया