आज र भोलि पनि असिना पानीको सम्भावना

नेपालखोज २०७८ वैशाख ४ गते ८:४७

काठमाडौँ । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज र भोलि पनि देशका पहाडी तथा केही तराईका भू-भागमा वर्षाको सम्भावना रहेको छ ।

हाल देशको सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली तथा अन्य प्रदेशहरुको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति पहाडी भू-भागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा सोमबारसम्म नै पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया