मंगलबार, चैत ६, २०८०

बालुवाटारमा सर्वदलीय बैठक, प्रचण्ड-माधव गएनन्

नेपालखोज २०७८ वैशाख ४ गते १२:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरअघि शुरु भएको हो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रकाशचन्द्र लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी छन् ।

त्यसैगरी उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रामबहादुर थापालगायत उपस्थित रहेका छन् ।

बैठकमा नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता भने सहभागी भएका छैनन् ।

प्रतिक्रिया