चट्याङ लागेर अर्घाखाँचीमा ९ वर्षीय बालकको मृत्यु
नेपालखोज
२०७८ वैशाख ४ गते २१:५०

अर्घाखाँची । चट्याङ लागेर अर्घाखाँचीमा एक ९ वर्षीय बालकको मृत्यु भएको छ। मालारानी–३ गोहेलीका भरत चौवानका ९ वर्षीयछोरा सौरभ चौवानको मृत्यु भएको हो।
शनिबार दिउँसो हावाहुरी सहित परेको असिनासँगै आगनमा खेलिरहेका चौवान एक्कासी चट्याङ लागेर बेहोस भएका थिए। उनको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको वडा अध्यक्ष शोभाखर खनालले जानकारी दिए।
सम्बन्धित

प्रतिक्रिया