सोमबार, जेठ ७, २०८१

३१ औं पटक जित्यो बार्सिलोनाले कोपा डेल रेको उपाधि

नेपालखोज २०७८ वैशाख ५ गते ८:०३

काडमाडौं । स्पेनिस कोपा डेल रे को फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको १२ मिनेटभित्र चार गोल गर्दै बार्सिलोना च्याम्पियन बनेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा एन्टोनियो ग्रीजम्यान र फ्रेन्की डी जोङले एक एक गोल गरे ।

यससँगै बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको छ ।

बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेता बनेको छ । दुई साता अघि सन् २०१९÷२० को कोपा डेल रेको फाइनलमा बिल्बाओ रियल सोसिडाडसँग १–० ले पराजित भएको थियो ।

प्रतिक्रिया