शाही सरकार जोगाउने नवनियुक्त तीन मन्त्रीको सपथ आज
नेपालखोज
२०७८ वैशाख ५ गते ८:२१

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ आज (आइतबार) हुने भएको छ ।
आज सपथ लिनेहरुमा नन्दसिंह बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापा भौतिक पूर्वाधार विकास र कुर्मराज शाही उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजो नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका चार मन्त्रीलाई मन्त्री नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्रीत्रयले अस्ती (शुक्रबार) मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए । यस्तै प्रकाश ज्वालाले पनि शाहीको पक्षमा मत दिएको भएपनि उनी भने मन्त्री बनेका छैनन् ।
एमालेको ह्वीप नमानेर नेकपा माओबादी केन्द्रका मुख्यमन्त्री शाही सरकार जोगाएका उनीहरुलाई पार्टीले निष्कासन गरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया