बालुवाटारको मिठोमसिनो खान पाइएला भनेर हामफालेर बैठकमा जाने कुरा भएन : भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टी जसपाको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठकको व्यङ्ग्य गरेका छन् । उनी शनिबार आयोजना भएको सर्वदलीय बैठकमा अनुपस्थित भएका थिए । उनले एक ट्वीट गर्दै चेइ नभनी त कुकुर पनि जाँदैन भन्दै ओलीले डाकेको बैठकको व्यङ्ग्य गरेका हुन् ।
उनले सर्वदलीय बैठकबारे कुनै औपचारिक निम्तो नपाएको पनि बताए । उनले सो बैठकको जानकारी मिडियाबाट मात्र जानकारी पाएको पनि स्पष्टीकरण दिएका छन् । उनले लेखेका छन्, ‘चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रम निवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन । जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा सोध्दा कुनै जानकारी थिएन । पछि मिडियाबाटै सुनियो एमसीसी बैठक बहिष्कार पो भएछ ।
उनकाे ट्वीट जस्ताकाे तस्तै :


प्रतिक्रिया