गृहमन्त्री थापाको सांसद पद गुम्यो

नेपालखोज २०७८ वैशाख ५ गते ११:१७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त भएका छन् । गत चैत २७ गते लिखितपत्र पेश भएबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज स्वीकृत गरेका हुन् ।


राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उनलाई राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभामा केन्द्रका सचेतक दीनानाथ शर्माले राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न सिफारिस गरेका थिए ।


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट वाग्मती प्रदेशबाट विसं २०७४ को राष्ट्रियसभा सदस्यमा निर्वाचनमा भएका थापा पार्टीले कारबाही गरेसँगै पदमुक्त भएका हुन् ।


सर्वोच्च अदालतले नेकपा एमाले र माओबादी केन्द्र ब्युताइदिएसँगै थापा एमालेमा प्रवेश गरेका थिए । तत्कालिन नेकपामा हुदाँसमेत उनी प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा उभिने गरेका थिए ।

प्रतिक्रिया