बुधबार, वैशाख १७, २०८२

जलवायु परिवर्तनको मुद्दामा चीन र अमेरिका एकै विन्दुमा उभिने

नेपालखोज २०७८ वैशाख ५ गते १२:२९

काठमाडाैं । जलवायु परिवर्तनको मुद्दामा चीन र अमेरिका एकै विन्दुमा उभिने भएका छन् ।

दुवै देशले यस मुद्दामा सहकार्य गर्ने भएका हुन् । शाङ्घाइमा गएको हप्ता विभिन्न चरणका वार्ता भएकाे थियाे ।

साे बैठकले दुवै देश एकै विन्दुमा उभिएर सहकार्य गर्ने पारित गरिएकाे हाे । चीन र अमेरिकाका जलवायु परिवर्तन विशेष दूत सी झेनहुआ र जोन केरीबिच वार्ता भएकाे हाे ।

दुवै देशले जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका सवालमा सहकार्य तथा मिलेर काम गर्न प्रतिबद्ध रहेकाे पत्रमा हस्ताक्षर गरेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यो हप्ता भर्चुअल रुपमा जलवायु सम्मेलन गर्ने बताइएकाे छ । जसमा चीनले पनि सम्मति दिएकाे समाचारहरुमा बताइएकाे छ ।

प्रतिक्रिया