सांसदबाट हटेका थापा ६ महिनाका लागि पुनः गृहमन्त्रीको शपथ लिँदै
नेपालखोज
२०७८ वैशाख ५ गते १२:१८

काठमाडौं । रामबहादुर थापा ‘बादल’ले आज पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् ।
नेकपा माओबादी केन्द्रलेसाँसद पद खोसे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।
उनले आजै साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण गर्ने तयारी छ ।
राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पद पदमुक्त भएका थिए ।
सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था छ ।
२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए।
सम्बन्धित

प्रतिक्रिया