शनिबार, जेठ ५, २०८१

कामना सेवा विकास बैंकले नौ महिनामा कमायो ५८ करोड ६१ लाख

नेपालखोज २०७८ वैशाख ५ गते १३:५२

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधि अर्थात नौ महिनामा ५८ करोड ६१ लाख ५६ हजार तीन सय ८५ रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा भने बैंकले २१ करोड ५४ लाख ९० हजार चार सय ८० रुपैयाँ खुद मुनाफा कमाएको थियो । चुक्ता पुंजी दुुई अर्ब ६५ करोड १९ लाख ६३ हजार ७ सय ३२ रुपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ३९ अर्ब २४ करोड ७२ लाख ११ हजार २१ रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ५५ करोड ६६ लाख ६२ हजार ७ सय ४० रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा १ अर्ब ७ करोड ७६ लाख ७८ हजार ३ सय ८५ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने भने स्प्रेड दर चार दशमलव ४५ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा भने ३८ करोड ८९ लाख ९७ हजार १४ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ३१ अर्ब ९० करोड ५९ लाख ७६ हजार छ सय २४ रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९२ करोड ६० लाख ७८ हजार १५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८५ करोड ७१ लाख २७ हजार ५ सय ५१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा १ दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ३३ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया