शुक्रबार, वैशाख १४, २०८१

सोमबार १० अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०७७ चैत २९ गते १३:०७


काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।


जारी मिती चैत ३१ तोकिएको टे«जरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको दुुई अर्ब २५ करोड रुपैयाँको रहेको छ । सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ असार २९ गते तोकिएको छ भने एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ असोज २६ गते तोकिएको छ ।


यसअघि यही चैत २३ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन र सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया