बुधबार, असार ४, २०८२

बालबालिकाकाे स्वास्थ्यप्रति गम्भीर हुन मानवअधिकार आयाेगकाे आग्रह

नेपालखोज २०७८ वैशाख ५ गते १४:५४

काठमाडाैं । राष्ट्रिय मानव अधिकारले कोभिडको समस्या बढ्दै गएकोले बालबालिकाकाे स्वास्थ्यप्रति गम्भीर हुन मानव अधिकारकाे आग्रह गरेकाे छ । आयाेगले विद्यालय तथा शैक्षिक संस्था मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न पनि ध्यानाकर्षण गराएको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै बालबालिकाको स्वास्थ्य चुनौतीलाई ध्यानमा राखेर सरोकार सम्बद्ध सबैले मापदण्ड पुरा गरी शैक्षिक संस्था सञ्चालन गर्न ध्यानाकर्षण गराएको हो । त्यस्तै विशेष भीडभाड हुने स्थानमा विशेष होसियारी अपनाएर हिँड्न पनि आयोगले सर्वसाधारणलाई अपिल गरेको छ ।

आयोगका सहसचिव टीकाराम पोखरेलको विज्ञप्तिमा भनिएको छ ‘ बालबालिकाको उच्चतम स्वास्थ्यलाई मानव अधिकारले सँधै गम्भीर रुपमा लिने भएको हुँदा उनीहरुको स्वास्थ्य प्रतिरक्षाका खातीर मानव अधिकार सँधै होसियार हुन्छ ।’

विगत केही समयदेखि नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै आयोगले यस्तो बताएको हो । नेपालमा कोरोना संक्रमण र कोरोनाको मृत्युदर बढ्दै गएको अवस्था छ ।

आयाेगले काेराेना संक्रमण बढ्दै गएपछि विद्यालयहरुकाे निरिक्षण र अनुगमनसमेत गरेकाे पनि बताएकाे छ ।

प्रतिक्रिया