एमाले केन्द्रीय कार्यालय वैशाख ९ गते थापाथली सर्दै (फोटो फिचर)
नेपालखोज
२०७८ वैशाख ५ गते १६:४७

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैशाख ९ गते थापाथली सर्ने भएको छ। २०७२ साल साउन २३ गतेदेखि धुम्बाराहीस्थित पासाङल्यामू स्मृति प्रतिष्ठानमा केन्द्रीय कार्यालय रहेको एमाले मुख्यालय अब थापाथली हाइटस्थित उमंगमार्गमा सर्न लागेको हो।

दोस्रो चरणको चक्रपथ विस्तारको कारणले धुम्बाराहीमा आउन जान असहज हुने भएकाले थापाथलीमा पार्टीको केन्द्रीय कार्यालय सार्न लागिएको हो । २०७२ सालको भूकम्पमा बल्खुस्थित पार्टीको भवन भत्किएपछि धुम्बाराहीमा पार्टी कार्यालय सारिएको थियो।


सम्बन्धित

प्रतिक्रिया