कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित
नेपालखोज
२०७८ वैशाख ५ गते १७:२४

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ ।
यसअघि गत चैत ३० गते बस्ने भनिए पनि बैठक स्थगित भएको थियो । छलफलका लागि समय अपुग भएको भन्दै आजका लागि बोलाइएको बैठक भोलि (सोमबार) का लागि तय भएको नेता एनपी साउदले नेपालखोजलाई जानकारी दिए ।
उनका अनुसार बैठक भोलि अपराह्न ४ बजे बस्नेछ । यता पार्टी कार्यालय सचिव कृष्णप्रसाद पौडेलले भने नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको बताए । यद्यपि बैठक नबसे पनि पार्टीका शीर्ष नेताबीच अनौपचारिक छलफल भने भइरहेको जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया