शनिबार, वैशाख १३, २०८२

दैलेखमा बस दुर्घटना, ११ जना घाइते

नेपालखोज २०७८ वैशाख ५ गते १८:०४

दैलेख । दैलेखको गाईबान्‍नामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था सिकिस्त छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार घाइते सबैको सुर्खेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट दैलेखका लागि छुटेको ना.७.ख ६९६३ नम्बरको बस दुर्घटनामा परेको हो । अन्य यात्रुलाई गन्तव्यमा पठाइसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया