गृहमन्त्री रामबहादुर थापाले लिए शपथ

नेपालखोज २०७८ वैशाख ५ गते १९:००

काठमाडौं । गृहमन्त्रीमा पुनः नियुक्त भएका रामबहादुर थापाले सपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा बादललाई पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा भने उपस्थित भएनन् ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थापा एमालेमा लागेपछि माओवादीको कारवाहीको पत्रानुसार संसद सचिवालयले आज बिहान उनको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो ।

उनलाई आजै प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: गृहमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।

प्रतिक्रिया