एमसीसीबारे स्पष्ट जवाफ नदिए पनि सन्धि-सम्झौता गर्दा ध्यान दिइएको छ’

नेपालखोज २०७८ वैशाख ५ गते २०:२१

काठमाडौं । संसदीय समितिमा एमसीसी बारे सांसदहरुले चासो राखेका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको परराष्ट्र नीति बारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग गरेको छलफलमा सांसदहरुले एमसीसीबारे सांसदहरुलाई स्पष्ट पार्न माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी र नेकपा (एमाले) का सांसद मोहन बानियाँले नेपाल सरकारले गर्ने सहमती, सम्झौता बारे स्पष्ट जानकारी दिन माग गरेका हुन् । विगतमा गरिएका सन्धी, सम्झौताले नेपाललाई दुरगामी असर गर्ने भएकाले सचेत रहन सुझाव दिएका छन् । नेकपा (एमाले)का सांसद बानियाँले छिमेकी राष्ट्रसँग गरिने सन्धी, सम्झौतामा झन् सावधानी अपनाउनुपर्ने बताए ।

त्यस्तै बैठकमा सहभागी परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले एमसिसीबारे स्पष्ट जवाफ नदिएपनि सन्धी, सम्झौता गर्दा नेपालको सर्वोपरी हितलाई ध्यान दिएको बताए । समितिले नेपालको परराष्ट्र नीति बारे सबै पक्षसँग श्रृङ्खलावद्ध छलफल गर्ने भएको छ ।

प्रतिक्रिया