वायु प्रदूषणबारे छलफल गराउन माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
नेपालखोज
२०७८ वैशाख ६ गते १:००

काठमाडौं । वायु प्रदूषण न्युनीकरण गर्नुपर्ने भन्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रतिनिधिसभामा आइतबार सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको हो।
काँग्रेस सांसद गगन थापाको प्रस्ताव र काँग्रेस सांसद भीमसेनदास प्रधान तथा राजेन्द्र केसी र एमाले सांसद जीवनराम श्रेष्ठ समर्थनमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको हो।
काठमाडौंलगायत देशका ठूला सहरमा वायु प्रदूषण खतराको विन्दुमा पुगेको थियो। वायु प्रदूषणकै कारण सरकारले ४ दिन विद्यालय बन्द गर्नुपरेको थियो भने हवाई उडानसमेत प्रभावित बनेका थिए। काठमाडौंको वायु मण्डलमा घातक कणहरु रहेको अध्ययनले देखाइसकेको छ। उच्च जनघनत्व, निर्माण, सवारी साधन र वनमा लागेको डढेलोको कारण वायू प्रदूषण खतराको बिन्दुमा पुगेको हो।

सम्बन्धित

प्रतिक्रिया