नेविसंघको स्थापना दिवसमा कांग्रेस उपसभापति नीधिको शुभकामना

नेपालखोज २०७८ वैशाख ६ गते ८:०४

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र नीधिले विद्यार्थी संघको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले लेखेका छन्, ‘नेविसंघले देशलाई राजनीतिक–कुटनीति, संस्कृति, साहित्य, कला, प्रशासन, सुरक्षा, व्यापार, प्रविधि, अर्थलगायत सबै क्षेत्रमा दक्ष र नेतृत्वदायी जनशक्ति दिँदै आएकोमा गर्व गर्दछु।’

प्रतिक्रिया