सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त
नेपालखोज
२०७८ वैशाख ६ गते १३:१२

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्त गरेकी छन्।
राष्ट्रपतिले न्याय परिषद्को सिफारिसमा कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी हुन्।
‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहायका मुख्य न्यायाधीशज्यूहरुलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
चुडाल उच्च अदालत पाटनका र सुवेदी उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश थिए। रासस
सम्बन्धित

प्रतिक्रिया