राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन अन्त्य

नेपालखोज २०७८ वैशाख ६ गते १३:२१

काठमाडौं,। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषदको सिफारिशमा संसदको चालु अधिवेशन अन्त्य गरिएकाे छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न सफारिश गर्ने निर्णय गरेको थियो । त्यसलाई सदर गर्दै राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य गरिएकाे बुझिएको छ ।

सोहीअनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन आज अपरान्ह १ बजेदेखि अन्त्य गरेको संसदलाई जानकारी गराएकी छिन् । आगामी जेठ १५ गते बजेट आउँदैछ ।

सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले वर्खे अधिवेशन चाँडै आह्वान हुनेछ ।

प्रतिक्रिया