भारतको नयाँ दिल्लीमा लकडाउन
नेपालखोज
२०७८ वैशाख ६ गते १३:३९

काठमाडौं । भारतको नयाँ दिल्लीमा लकडाउनको घोषणा भएकाे छ । काेराेना संक्रमण बढेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउनको घोषणा गरेका हुन् ।
दिल्लीमा एक हप्ताका लागि लकडाउनको घोषणा गरिएको हो ।
भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार आज राती १० बजेदेखि नै लागुहुने गरी अप्रिल २६ सम्मका लागि लकडाउनको घोषणा गरिएको हाे ।लकडाउन भए पनि अत्यावश्यक सेवाहरु भने सुचारु रहने जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया