परामर्श नै नगरी संसद् अधिवेशन अन्त्य गरियाे : सभामुख
नेपालखोज
२०७८ वैशाख ६ गते १४:०९
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले संसदकाे हिउँदे अधिवेशन अन्त्यबारे संसदसँग परामर्श नै नगरी सरकारले जथाभावी गरेकाे आराेप लगाएका छन् ।
पत्रकारहरूसँग कुराकानी गर्दै सभामुख सापकोटाले अधिवेशन अन्त्यको विषयमा सरकारले परामर्श नगरेको जनाएका हुन् । संसद सचिवालय सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा उनले पत्रकारहरूसँगकाे कुराकानीमा सापकोटाले यस्ताे बताएका हुन् ।
सापकोटाले भने ‘प्रतिनिधिसभा अधिवेशन अन्त्यबारे सरकारले मसँग केही परामर्श गरेको छैन ।’
सम्बन्धित

प्रतिक्रिया