प्रधानमन्त्रीकाे काम विद्यालयको भवन उद्घाटनसम्म

नेपालखोज २०७८ वैशाख ६ गते १४:४७

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकामा रहेको पाटन माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । केही समयअघिदेखि विकासका कुरामा आातुर प्रधानमन्त्री विकास देखाउनकाे लागि विद्यालयको भवन उद्घाटनका कार्यक्रममा समेत उपस्थित हुन थालेका छन् ।


२०७२ को भूकम्प पछि क्षतिग्रस्त बनेको पाटन माध्यामिक विद्यालयको नवनिर्मित भवन प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

उक्त भवन जापान सरकारको ऋण सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) ले निर्माण गरेको हो ।

भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाटन माध्यामिक विद्यालय नेपालको इतिहास र व्यवस्थासँग जोडिएको बताए । विद्यालयले एक शताब्दीलाई अर्को शताब्दीसँग जोडेको पनि बताए ।

उनले भने ‘यो भवन नेपालको इतिहाससँग जोडिएको छ । बिभिन्न प्रणालीहरुसँग जोडिएको छ । एउटा युग र अर्को युग, एउटा शताब्दी र अर्को शताब्दीसँग जोडिएको छ । यसले पुलको काम गरेको छ शताब्दीहरुकोबीचमा । शासनहरुकोबीचमा । प्रणालीहरुकोबीचमा पुलको काम गरेको छ ।’


प्रतिक्रिया