बेलायती प्रधानमन्त्रीकाे भारत भ्रमण नहुने
नेपालखोज
२०७८ वैशाख ६ गते १६:२९

काठमाडाैं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण नहुने भएको छ।
भारतमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्दै गएकाे छ । साेही कारण बेलायती प्रधानमन्त्री जोनसनकाे भारत भ्रमण नहुने भएको हो।
बेलायतका प्रधानमन्त्री कार्यालयकाे विज्ञप्ति अनुसार जोनसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच यसै अप्रिलको अन्त्यमा वार्ता हुनेछ ।
हाललाई भने गरिने भनिएकाे भ्रमण स्थगित भएकाे बेलायती प्रधानमन्त्री कार्यालयले जनाएकाे समाचारहरुमा बताइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया