साना भाइ बहिनीलाई काेराेना संक्रमण हुन नदिन विद्यालय बन्द गर्नु परेकाे हाे : शिक्षा मन्त्री

नेपालखोज २०७८ वैशाख ६ गते १७:०५

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्ष मुनिका उमेर समुहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द गर्नुपरेको बताएका छन् ।


सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले २५ वर्ष भन्दा मुनिका उमेर समुहमा कोरोना भाइरस संक्रमणको दर बढेकाले पठन पाठनलाई अनलाइन माध्यमबाट गर्नेगरी बैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताए ।

उनले भने ‘२५ वर्षभन्दा तलका उमेरका विद्यार्थी भाईबहिनीहरुमा यसको प्रभाव अलि बेसी देखिएको हुनाले यो सन्दर्भमा लामो आवश्यक अनुसन्धान र छलफल पछि यो कोभिडको कारणले सबैभन्दा बढी प्रभावित बालबालिकामा पर्ने हुनाले आजको मन्त्रीपरिषद्ले वैशाख मसान्तसम्म स्कुलको पठनपाठनलाई नियमित गर्ने, भौतिक रुपमा विद्यालयमा विद्यार्थी भाईबहिनीहरुलाई उपस्थित हुन अनिवार्य नगर्ने र भर्चुअल माध्यम र इलेक्ट्रोनिक माध्यमबाट पठनपाठनलाई निरन्तरता गर्ने निर्णय गरेका हाैं ।’

प्रतिक्रिया