शुक्रबार, जेठ ३, २०८२

जबरजस्ती करणी गरेको अरोपमा एक पक्राउ

नेपालखोज २०७८ वैशाख ६ गते २१:०५

हेटौँडा । मकवानपुरको हेटौँडामा एक नाबालिकलाई जबरजस्ती करणी गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२३ घर भई हाल हेटौँडा उपमहानगरपालिका–६ डेरा गरी बस्ने २१ वर्षीय विशाल पासवान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पीडितको उजुरीका आधारमा प्रहरीले आज पासवानलाई पक्राउ गरेको छ ।

हेटौँडा–६ पुतलीबजार नजिकै रहेको खहरे खोलाको बगरमा एक नाबालिकलाई करणी गरेको आरोपमा पासवानलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया