शुक्रबार, वैशाख ७, २०८१

नासाले उडायाे मंगल ग्रहमा हेलिकाेप्टर

नेपालखोज २०७८ वैशाख ७ गते ९:०६

एजेन्सी । अमेरिकी अंतरिक्ष एजेन्सि नासाले मंगल ग्रहमा एउटा सानाे हेलिकाेप्टरकाे सफल उड़ान गरेकाे छ ।

इनजेनिटी नामकाे उक्त ड्रोन हावामा एक मिनट भन्दा कम समय रहे पनि नासाले यसलाई ठुलाे सफलता बताएकाे छ ।

यसलाई कुनै अर्को ग्रह भित्र एयरक्राफ़्ट को पहिलाे नियंत्रित उड़ान पनि भनिँदैछ ।मंगल ग्रहमा भएकाे एक उपग्रहले उक्त हेलिकाेप्टर उडान सम्बन्धि डाटा पृथ्वीमा पठाई सकेकाे छ । नासाका अनुसार इंजीनियर तथा बैज्ञानिकहरु तयार भएसँगै अब बढी उचाईका तथा लामाे यात्राका यस्ता थप उड़ानहरु हुनेछन् ।

नासाका एक अधिकारीले गर्वकासाथ भनेका छन – अब हामी भन्न सक्छौं कि मानिसले कुनै अर्को ग्रहमा रोटरक्राफ्टसम्म उड़ाएकाेछ ।

मंगल ग्रहको वायुमंडल निकै पातलाे भएका कारण त्यहाँ जहाज उडाउन कठिन मानिन्छ ।

प्रतिक्रिया