मासुकाे भाउ बढ्दा पनि किसानलाई फाइदा छैन
नेपालखोज
२०७८ वैशाख ७ गते ११:३६

काठमाण्डौं । कुखुराको मासुको भाउ बढेको भए पनि किसानलाई भने फाइदा नरहेको कुखुरा उत्पादक किसानहरुले बताएका छन् ।
नयाँ खालको रानीखेतका कारण ६० प्रतिशतभन्दा धेरै कुखुरा मरेको र दानाको भाउ पनि बढेकाले बजारमा भाउ बढ्दासमेत किसान समस्यामै रहेका नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले जानकारी दिनुभयो । यस्तै अहिले चल्ला ३० देखि ४० प्रतिशत मात्रै उत्पादन भइरहेको छ ।
यसले चल्लाको भाउ आकास्सिएकाले किसान थप मर्कामा परेका व्यवसायीहरुले बताएका छन् । पछिल्ला दिनहरुमा काठमाण्डौ उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासुको मूल्य किलोको ४३० रुपैयाँ पुगेको छ ।
कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च रहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया