आइतबार, वैशाख २३, २०८१

सिटिजन्स बैंकले तेस्रो त्रैमासमा डेढ अर्ब कमायो

नेपालखोज २०७८ वैशाख ७ गते १२:३४

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालुु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५४ करोड ५३ लाख ४० हजार छ सय २४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब नौ करोड १२ लाख ४५ हजार दुुई सय ३४ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी ११ अर्ब ६६ करोड २० लाख ४० हजार नौ सय १२ रुपैयाँ रहेको बैंकले चालुु आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब २७ अर्ब १४ करोड ८७ लाख ६५ हजार ५० रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ९७ करोड ६३ लाख ९५ हजार दुुई सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ५४ करोड आठ लाख २० हजार आठ सय ८४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ८६ प्रतिसत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर तीन दसमलव ८६ प्रतिसत रहेको छ । यस अवधिमा बैकको बितरणयोग्य नाफा भने एक अर्ब ३४ करोड ६२ लाख ३० हजार दुुई सय ९४ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ८८ अर्ब ४९ करोड ६२ लाख २८ हजार चार सय ६४ रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ९७ करोड ६३ लाख ९५ हजार दुुई सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब २४ करोड ४८ लाख १३ हजार एक सय ८३ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ९७ प्र्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ८५ प्रतिसत रहेको थियो ।

प्रतिक्रिया