शनिबार, वैशाख २२, २०८१

नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको सेयर प्रत्याभूति गर्ने

नेपालखोज २०७९ साउन ४ गते १६:३९

काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ ।

सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्का तर्फबाट डा. भूषण गुरागाईंले हस्ताक्षर गरेका हुन् ।

सगरमाथा जलविद्युतको ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा एक सय रुपैयाँ अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्नेछ ।

प्रतिक्रिया