बिरामीहरुलाई आकस्मिक उपचारको व्यवस्था गर्न अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा आएका बिरामीहरूको आकस्मिक उपचारको व्यवस्थापन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।
मंगलवार एक सूचना जारी गर्दै मन्त्रालयले अस्पतालमा पुगेका बिरामीहरूको आकस्मिक उपचार व्यवस्थापन गर्न तथा अन्य अस्पतालमा पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितताको गरेर मात्रै रिफर गर्न निर्देशन दिएको ।
कोरोना संक्रमितहरूको संख्या बढ्दै जाँदा अस्पतालहरूमा सामान्य उपचार कठिन हुन नदिन अस्पतालले आफ्नो गम्भीर ध्यानाकर्षण समेत भएको जनाएको छ ।
अस्पतालका निति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले जारी गरेको सूचनामा भनिएको छ, ‘कुनै पनि अस्पतालमा आइपुगेका बिरामीहरूको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पतालमा पठाउनु पर्ने भएमा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितताको समन्वय गरेर मात्रै पठाउनु हुन सबै अस्पतालहरूलाई निर्देशन गरिन्छ ।’


प्रतिक्रिया