बाँके वैशाख ९ बाट लकडाउन गर्न सिफारिस

नेपालखोज २०७८ वैशाख ७ गते १७:२९

बाँके । कोभिड–१९ संक्रमितले दिनदिनै थपिँदै गएपछि बाँके जिल्लामा लकडाउन गर्न सिफारिस गरिएको छ । बाँके जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा संक्रमणको महामारी रोकथाम गर्न वैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बिगत एक हप्ताबाट हरेक दिन सयौँको संख्यामा संक्रमित थपिँदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गर्न बाध्य भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको समेत गरीएको छ ।

प्रतिक्रिया