तीनै जिल्लाका प्रजिअ भन्छन्- सरकारको आदेश प्रभावकारी कार्यान्वयन गर्छौं

नेपालखोज २०७८ वैशाख ७ गते १७:३७

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।

मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका पदाधिकारीहरु समेतको उपस्थितिमा बसेको बैठकले कोरोना नियन्त्रणका लागि सरकारले वैशाख ६ गते गरेका निर्णय र आदेशको प्रभावकारी कार्यान्वयन गराउन जोड दिने निर्णय गरको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

कोरोना संक्रमणबाट बच्न व्यापक रुपमा प्रचार(प्रसार गर्ने, सरोकारवालाहरु सहितको संलग्नतामा अनुगमन गर्ने निर्णय भएको बताए । सरकारले २०७८ वैशाख मसान्तसम्म विद्यालयहरु भौतिक उपस्थिति नगराईकन भर्चुअल माध्यमबाट सञ्चालन गर्ने, रात्रिकालीन व्यवसाय बन्द गर्ने, भेला, जुलुस तथा आमसभा नगर्ने र विवाह व्रतवन्ध जस्ता सामाजिक काममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । सरकारको सोही निर्णयलाई उपत्यकामा प्रभावकारी कार्यान्वयन गराउने निर्णय भएको हो ।

प्रतिक्रिया